ताजा समाचार

वैशाख २६ गते २०७६

कस्तो छ पोखरा महानगरपालिकाको नयाँ लोगो ?

पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् ।

गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको हो । नयाँ लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ ।

लोगो डिजाइन गरेबापत गुरुङले ५० हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र प्राप्त गरेको महानगर स्रोतले जनाएको छ । नयाँ लोगो निर्माण गर्न महानगरले केही अघि सूचना जारी गरेको थियो ।

महानगरको नयाँ लागो सामाजिक सञ्जालमा आएपछि लागोको डिजाइन खासै राम्रो नभएको प्रतिक्रिया आएको छ ।