ताजा समाचार

वैशाख २६ गते २०७६

पक्राउ परेका विप्लवका भतिजा रिहा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजा कपिलवस्तु शिवराज नगरपालिका– ९ निवासी यादव चन्द रिहा भएका छन् ।

बैशाख २३ गते पक्राउ परेका उनको बुधबार रिट उपर सुनुवाई गर्दै उच्च अदालतका वरिष्ठ न्यायाधीश कुमार पोखरेल र न्यायाधीश वामदेव ज्ञवालीको इजलासले यादवलाई रिहा गर्न आदेश दिएको हो ।

चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको थियो । यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै अदालतले बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।