ताजा समाचार

वैशाख २६ गते २०७६

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वभाविक हो ,यसमा टिकाटिप्प्णी आवश्यक छैन

सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले मेरो सरकार भन्नु स्वभाविक भएको भन्दै यसमा आवश्यकता भन्दा बढी टिकाटिप्पणी गर्न आवश्यकता नभएको जिकिर गरेका हुन् ।

उनले राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्नेले ‘महेन्द्रले भन्न शुरू गरेको ‘जय नेपाल’ के गर्ने ? भन्दै कांग्रेसलाई प्रश्न गरे ।

साथै उनले शब्दशब्दमा जाने हो भने जय नेपाल प्रहरीले पनि भन्छ, कांग्रेसले पनि भन्छ भन्दै २०१७ सालमा प्रजातन्त्र कू गरेपछि महेन्द्रले जय नेपाल भनेका थिए, के यो शब्द डिक्सनेरीबाट हटाउने ? उनले आक्रोश ब्यक्त गरे ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला चीन जाँदा पनि मेरो सरकार भन्ने गरेको उनले दाबी गरे ।