ताजा समाचार

वैशाख ३० गते २०७६

सञ्चारमन्त्रिको कार्यक्रम बहिष्कार गर्ने

नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने युनियनले प्रेस विज्ञप्ति मार्फत जनाएको हो ।

सरोकारवाला पक्षसँग छलफल एक पटक पनि छलफल नगरी र सहमति बेगर नै सरकारले मिडिया विधेयक ल्याएको भन्दै नेपाल पत्रकार महासंघ नै आन्दोलनमा छ ।

युनियनले जेठ २ गते देशैभर मिडिया नियन्त्रण गर्न खोज्ने सरकारविरूद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।