ताजा समाचार

वैशाख ३१ गते २०७६

प्रधानमन्त्री ओलीले गरे कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन

कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय संग्रहालय अवलोकन गरेका छन।

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका बेला उक्त भ्रमण गरेका हुन् ।

त्यहाँको राष्ट्रिय संग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन्। यो संग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रूपमा रहेको बताइएको छ।

त्यहाँ एंकरवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ। उक्त संग्रालयमा राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ।