ताजा समाचार

वैशाख ३१ गते २०७६

मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छु

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

उनले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे।

त्यस अवसरमा युनियनले सम्पूर्ण मिडियामाथिनै ‘कू’ गर्ने नियतका साथ ल्याइएको सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको थियो।