मुख्य समाचार

चोरी आरोपमा कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा स्थानियबासीबाट कुटिएका एक सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ… पुरा पढौ

न्याय खोज्दै पोखरादेखि सिंहदरबारसम्म…

चित्राका समस्या गहिरा छन् । त्यो भन्दा गहिरो उनको हृदयमा बसेको खत छ । बद्नामी हुनु परेको पीडाले उनलाई पिरोल्छ । ‘नखाएको विष पनि लाग्ने रहेछ’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि भने उनले राहत महसुस गरेकी छन् । समाचार प्रकाशित भएपछि जिल्ला मालपोत कार्यालय कास्कीले उनलाई सिंहदरबार पठायो । मालपोत कार्यालयको सुझाव अनुसार न्याय खोज्दै उनी सिंहदरबारको ढोका ढकढकाउन पुगिन् । ‘न्याय खोज्दै काठमाडौंसम्म पुगें । ३… पुरा पढौ

मदन भण्डारी : कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ। मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डो¥याउँदै समाजवाद हुँदै साम्यवाद पु¥याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम। सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम… पुरा पढौ

प्रदेश पनि पत्रकारलाई करोड जरिवाना तिराउँदै

मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका छन् ।विधेयकमा पत्रकारलाई अत्याधिक जरिवाना तिराउने व्यवस्थाहरु प्रस्ताव गरिएको छ । विधेयकमा ‘प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषय’मा समाचार लेखेकोमा कसुरको मात्रा हेरेर पचास लाखदेखि एक करोडसम्म जरिवना… पुरा पढौ

फेवा किनारका आधा घरमा अवैध इनार र बोरिङ

पोखराले स्वदेशी र विदेशीलाई लोभ्याउने मुख्य आकर्षण हो, फेवाताल । फेवाताल संरक्षणका लागि गत वर्ष सर्वाेच्चले गरेको ऐतिहासिक फैसला अहिलेसम्म अलपत्र छ । जुन खोलाको पानीबाट ताल बनेको हो, त्यसैले त फेवा पुरिरहेको छ नै अरु खालका प्राकृतिक र मानवीय अतिक्रमणले पनि फेवालाई संकटमा पारिरहेका छन् । फेवातालको पानी अञ्जुलिमा उबाएर खान्थ्यौं भन्नेहरु अझै जिउँदै छन् । तर, केही महिनाअघि फेवातालको पानीमा दिशामा पाइने कोलिफर्म भेटिएको र नुहाउनसमेत अयोग्य भएको… पुरा पढौ

पार्टीमा वैचारिक एकता आवश्यक पर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने दावी समेत गरे । पार्टी इञ्चार्ज समेत रहेका गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले… पुरा पढौ

प्रेस युनियन सडकमा, सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी

नेपाल प्रेस युनियन कास्कीले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध सडकमा उत्रिएको छ । युनियनले बिहीबार बिहान महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाका लागि माग गरेको हो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाहीकालको झल्को दिने गरी सरकारले विधेयक ल्याएकाले त्यसका विरुद्ध सबै पत्रकार उभिनुपर्ने खाँचो औंल्याए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द… पुरा पढौ

घुससहित नापी सर्भेक्षक पक्राउ

नापी कार्यालय, परासी, बर्दघाट सुस्ता पश्चिममा कार्यरत नापी सर्भेक्षक छत्रबहादुर ठकुल्ला घुससहित पक्राउ परेका छन् । उनले जग्गाको क्षेत्रफल मिलाईदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले सेवाग्राहीबाट २० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । कार्यकक्षबार्टै नियन्त्रणमा लिइएका ठकुल्लामाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । पुरा पढौ

मिडिया काउन्सिल विधेयकको पोखराबाट पनि विरोध सुरु

नेपाल पत्रकार महासङ्घ कास्कीले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । विधेयकका सम्बन्धमा छलफल गर्न महासङ्घ कास्कीद्वारा बुधबार आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेसविरुद्ध विधेयक आएको भन्दै महासङ्घ केन्द्रको निर्णयअनुरुप विरोध कार्यक्रम सञ्चालन गर्ने जनाईएको हो । संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने किसिमबाट विधेयक आएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आरोप लगाए । साथै नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले… पुरा पढौ

नेकपाको पोलिटब्युरो सदस्यको नाम टुंगियो, को को परे ? (नामसहित)

नेकपाले पोलिटब्युरो सदस्यको नाम टुगो लगाएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो । जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम छ । पूर्व माओवादीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं