ताजा समाचार

जेठ २ गते २०७६

पार्टीमा वैचारिक एकता आवश्यक पर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने दावी समेत गरे ।

पार्टी इञ्चार्ज समेत रहेका गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।