मुख्य समाचार

राजपा संयोजकमा भोलिदेखि अनिलकुमार झा, किन हटाईदै छ अध्यक्ष मण्डल ?

राष्ट्रिय जनता पार्टी (राजपा) मा महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ । बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी विधानको धारा ३१९१२० मा यस अघि महाधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेन प्रवधानलाई हटाएको हो । आगामी महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालिमा अगाडि बढने राजपाले जनाएको छ। साथै बैठकले पार्टी विधानको धारा ३१९१०० मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा अहिले समयावधि… पुरा पढौ

नेपालमै पहिलो पटक प्रादेशिक स्तिरिय प्यासिफिक अभ्यास पोखरामा सुरु

नेपाली सेना र युएस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ। विपद् जोखिम न्यूनीकरणमा सहकार्यको महत्वपूर्ण भुमिका रहने वाताबरण सिर्जना गर्नका लागी अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले बताए । उनकाअनुसार ‘सप्ताहव्यापी कार्यक्रममा विपद् व्यवस्थापन’ विषयक प्रस्तुति, समूहगत छलफलका साथै विपद् प्रतिकार्यका विभिन्न अभ्यास गरिनेछ।… पुरा पढौ

५ दिनभित्र कम्पनीमा दर्ता हुन यातायात समितिलाई ह्विप जारी

यातायात समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन अल्टिमेटम दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले सूचना जारी गर्दै ५ दिन भित्र कम्पनीमा दर्ता भई महासंघमा जानकारी गराउन अनुरोध गरेको हो। ‘महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासघंका सदस्य संघ÷समितीहरुले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ ९क० अनुसार कम्पनी दर्ता गर्न यस संस्थामा… पुरा पढौ

संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजे

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको आरोप लगाएका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ुसुखी नेपाली, समृद्ध नेपालुको नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने धारणा राखेका थिए। स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक… पुरा पढौ

संघीय संसदको प्रतिनिधिसभा बैठक सोमबार बस्ने, केके हुदैछ बैठकमा ?

संघीय संसदको प्रतिनिधिसभा बैठक जेठ ६ गते(भोली) बस्ने भएको छ । सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वर्ष प्रतिवेदन २०७५’ पेश गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्रीले ‘नेपाल सरकारको आर्थिक वर्ष ०७४–०७५को सुशासन प्रतिवेदन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक वर्ष ०७४–७५को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद… पुरा पढौ

पार्टी रित्तिए पनि अन्तरघातीलाई कार्वाही गरेरै छाड्ने देउवाको दृढता

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट गरेका छन् । पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषद्धारा आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, “अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजय भए पनि होस् तर कारवाहीबाट पछाडि हट्दिन ।” सभापति देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दाबी गरे । उन्ले विगतमा डरले… पुरा पढौ

जेठ ६ गते किन बन्द हुदैछ धादिङ ?

नेपाल कम्युनिष्ट पार्टीले आगामी जेठ ६ गते धादिङ बन्द घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् । सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रि केपी ओलि सहभागी हुने देशका विभिन्न भागमा जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोले बन्द गरिएको जनाईएको छ । विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित… पुरा पढौ

सांसदसहित ९४२ जनप्रतिनिधिको पद रिक्त,अवको प्रकृया के हुन्छ ?

संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष र सदस्य गरी कुल ९४२ पद रिक्त छन् । देश संघिय संरचनामा प्रवेश गर्न गत वर्ष गरिएको निर्वाचन १ वर्ष वितिसक्दा विभिन्न कारणवस निर्वाचित सांसद पदमा नभएकोले उक्त पद रिक्त बनेको हो । तर, निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने सांसद र स्थानीय तहका प्रमुख तथा अध्यक्षको मात्रै उपनिर्वाचन गर्न सक्ने व्यवस्था रहेको बताउँछन् । ‘हामी संघ र प्रदेश… पुरा पढौ

सांसदसहित ९४२ को पद खाली, कहिले होला उपनिर्वाचन ?

संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष र सदस्य गरी कुल ९४२ पद रिक्त छन् । तर, निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेल सांसद र स्थानीय तहका प्रमुख तथा अध्यक्षको मात्रै उपनिर्वाचन गर्न सक्ने व्यवस्था रहेको बताउँछन्  ।‘हामी संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष पदको मात्रै उपनिर्वाचन गराउन सक्छौँ । संघीय सांसदको एक, प्रदेश सांसदको तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका… पुरा पढौ

प्रधानमन्त्रीद्वारा लुम्बिनी भ्रमण वर्ष घोषणा हुँदै

आज २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम को सुरुवात हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त कार्यक्रमको समुद्घाटन हुँदैछ । सोही कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री तिलौराकोट हिजो साँझ नै पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका छन् । उक्त कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्रीसंगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, नेकपाका महासचिव विष्णु… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं