ताजा समाचार

जेठ ५ गते २०७६

संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजे

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणालीलाई नरुचाउनेहरू सल्बलाउन खोजेको आरोप लगाएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले संघीयता विरोधीहरूलाई चुप लगाउनका लागि विकास गर्ने र यसबाट जनतालाई बढीभन्दा बढी सेवा दिने बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले संघीय सरकारले अगाडि सारेको ुसुखी नेपाली, समृद्ध नेपालुको नारालाई पनि साकार पार्नका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने धारणा राखेका थिए।

स्थानीय तहहरूले सुरुमा ऐन, कानुन र भौतिक संरचनाको कमीले गर्दा काम गर्न नसकेको भन्दै प्रचण्डले अब त्यो अवस्था हट्न लागेको बताए।