ताजा समाचार

जेठ ४ गते २०७६

प्रधानमन्त्रीद्वारा लुम्बिनी भ्रमण वर्ष घोषणा हुँदै

आज २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम को सुरुवात हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त कार्यक्रमको समुद्घाटन हुँदैछ । सोही कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री तिलौराकोट हिजो साँझ नै पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका छन् ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्रीसंगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, नेकपाका महासचिव विष्णु पौडेल पनि पुगेका छन् ।