ताजा समाचार

जेठ ४ गते २०७६

जेठ ६ गते किन बन्द हुदैछ धादिङ ?

नेपाल कम्युनिष्ट पार्टीले आगामी जेठ ६ गते धादिङ बन्द घोषणा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले विज्ञप्ती जारी गर्दै बन्द घोषणा गरेका हुन् ।

सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रि केपी ओलि सहभागी हुने देशका विभिन्न भागमा जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोले बन्द गरिएको जनाईएको छ ।

विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।