५ दिनभित्र कम्पनीमा दर्ता हुन यातायात समितिलाई ह्विप जारी


यातायात समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन अल्टिमेटम दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले सूचना जारी गर्दै ५ दिन भित्र कम्पनीमा दर्ता भई महासंघमा जानकारी गराउन अनुरोध गरेको हो।

‘महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासघंका सदस्य संघ÷समितीहरुले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ ९क० अनुसार कम्पनी दर्ता गर्न यस संस्थामा रहेका यातायात व्यवसायीलाई शेयर सदस्य बनाई उक्त बनाईएको शेयर सदस्यको विवरण यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिस लिनुपर्नेछ’ सूचनामा भनिएको छ।

उक्त सिफारिस र अन्य कागजात सहित कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गराई महासघंमा जानकारी गराउन आग्रह गरिएको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं