ताजा समाचार

जेठ १ गते २०७६

घुससहित नापी सर्भेक्षक पक्राउ

नापी कार्यालय, परासी, बर्दघाट सुस्ता पश्चिममा कार्यरत नापी सर्भेक्षक छत्रबहादुर ठकुल्ला घुससहित पक्राउ परेका छन् ।

उनले जग्गाको क्षेत्रफल मिलाईदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइ गएको टोलीले सेवाग्राहीबाट २० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । कार्यकक्षबार्टै नियन्त्रणमा लिइएका ठकुल्लामाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।