ताजा समाचार

जेठ १२ गते २०७६

सुकेधारा र अनामनगर विस्फोट: मृतकको संख्या ४ पुग्यो

आज काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुबै स्थानमा भएको विस्फोटमा परि ६ जना घाईते भएका थिए । सुकेधारामा घाईते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारमा २ र अनामनगरमा १ जनाको मृत्यु भएको थियो । हाल घाईतेहरुको उपचार भईरहेको छ । यता दुबै विस्फोटमा विप्लवको संलग्नता भएको करिब करिब पुष्टी भएको छ।

किनकी बिस्फोट भएका स्थानमा विप्लवका पर्चा र घाईतेमध्य दुई जना विप्लव समूहका रहेको प्रहरीले जनाएको छ । जसमध्ये सुकेधारमा घाईते भएका एक जना विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन रहेका छन् भने अनामनगरमा भएको विस्फोटमा विप्लव समूह निकट विद्यार्थी नेता रबिन केसी रहेका छन् । यसैबीच प्रहरीले सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।