ताजा समाचार

जेठ १२ गते २०७६

लोमान्थाङ तपाईको स्वागतमा पर्खिरहेको छ

भौगालिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङमा कुम्भ मेला अर्थात महोत्सव नजिकिदै छ ।कोरलानाका ,लोमान्थाङ दरबार तथा मुक्तिनाथ दर्शन संग जोडेर गुफा भित्रै महोत्सव हुने सुईको थाहापाएपछि मुस्ताङमा आन्तरिक पर्यटक ओईरिने क्रम बढेको छ ।


लोमान्थाङ गाउँपालिकाले यही १६ देखि १९ गते ३ दिन सम्म महोत्सव संञ्चालन गर्ने जनाएको छ ।यसका लागि सबै तयारी पूरा भईसकेको महोत्सव मुल आयोजक तैयारी समितिका सचिव शुसिल अर्यालले जानकारी दिए ।गाउँपालिकाले उपल्लो मुस्ताङको कृषि र पर्यटन संग जोडेर महोत्सव गर्न लागेको हो ।


आहा ,झोङ गुफा भित्र महोत्सव कस्तो होला ।कोठै कोठा भएका फरक प्रकार गुफाको नया खालको अवलोकनले पर्यटकलाई नया अनुभुती र अविष्मणीय याद दिलाईरहने बिश्वास लिईएको छ । गुफा भित्र बसेर खाऔ,गुफामै रमाऔं ।यसपालिको लोमान्थाङ यात्राले तपाईको संम्पूर्ण तृष्णा मेटाउने निश्चित छ ।धार्मिक पर्व तिजी,परम्परागत घोडा दौड,स्थानीय उत्पादनका हिमाली फुड प्रोडक्स,सांस्कृतिक नृत्य ,मौलिक कला सम्भता,कोरला अवलोकन र भौगोलिक मनोरम दृष्यको सेल्फी खिचेर तपाई थकान मेटिने छैन यसपालि ।


गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष र नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यगरी आयोजना भएको पहिलो महोत्सवले जीवनभरको यादगार दिलाई रहने छ ।गाउँपालिकाले महोत्सव हेर्न करिव २० हजार आन्तरिक पर्यटक भित्याउने दावी गरेको छ ।यसका लागि कतिपय घरबाट हिडिसक्नु भयो होला ,कतिपयले साथीहरु संग सल्लाह गर्दै हुनुहुन्छ होला ।ढिलो नगरौ यो स्वर्णिम अवसर नगुमाउनु होला ।


तपाईले यो पनि थाहा पाउनुहोस् मुस्ताङ यात्रा सहज भईसकेको छ ,यातायातका साधन उपयूक्त समयमा उपलब्ध हुन्छन् ।तपाईले आफ्नो सवारी साधन सिधै कोरलानाका पू¥याउन सक्नु हुन्छ ।ढिलो नगरौ,अवसर नछुटाउ ।मुस्ताङ तपाईको स्वागतमा पर्खिरहेको छ ।