ताजा समाचार

जेठ १२ गते २०७६

देशभरका सबै अदालतमा आज विदा

सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आज सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द भएका हुन्।

अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन भएका स्वर्गीय खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुँदा उनको कार्यकालमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिको उल्लेखनीय योगदान पुर्याएका थिए ।