ताजा समाचार

जेठ ८ गते २०७६

सदाचारिता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री मातहत ल्याएको हो

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् ।

बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन)विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दावी पनि गरे ।

स्वच्छ राजस्व प्रशासन कार्यालय कायम गराउन राजश्व विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत राख्दा सहज भएको पनि स्मरण गराए ।अर्थमन्त्री खतिवडाले कर छली गर्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिए ।