ताजा समाचार

जेठ ८ गते २०७६

नेविसंघलाई चलायमान बनाउँदै कास्की कांग्रेस

हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस कास्कीले भातृ संस्था नेविसंघलाई चलायमान बनाउने भएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि वनेको कांग्रेस पार्टी जिल्ला निर्देशन समितिका संयोजक आइबहादुर गुरुङको अध्यक्षतामा बुधबार वसेको बैठकले तल्लो तहसम्म नेविसंघ निर्माण गरी चुस्तदुरुस्त र गतिशील बनाउने निर्णय गरेको हो ।

बैठकले ५ वटै स्थानीय तहमा प्रतिनिधि टोली खटाई नेविसंघ निर्माण गर्ने निर्णय गरेको छ । खटिएका प्रतिनिधि मण्डले सम्वन्धित स्थानीय तह अन्तर्गतका मावि तथा उच्च माविमा सदस्यता वितरण गरी प्रत्येक इकाईमा कार्यसमिति गठन गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेछन् ।

बैठकमा नेविसंघका निर्वतमान केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरू तथा विद्यार्थी नेता सहभागी थिए । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुरुप नै नेपाली कांग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।