ताजा समाचार

जेठ ७ गते २०७६

मुस्ताङःढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज बढ्यो

- क्यामेरा ट्र्यापको अध्ययनमा उक्त गाउँ माथि ४ वटा हिउँ चितुवा रहेको पुष्टि

मुस्ताङमा ओझेलमा परेका थुप्रै पर्यटकीय गन्तब्य छन्,जसलाई प्रचार–प्रसार र स्तरोन्नतिको खाँचो छ ।गण्डकी प्रदेशले हालै ११ वटा जिल्लामा रहेका १ सय १० संम्पदालाई पर्यटकीय गन्तब्यमा सूचिकृत ग¥यो ।जसमध्ये एक प¥यो ठिनीको हिउँ चितुवा गुफा ।पछिल्लो समय ढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज समेत बढेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी नजिकै गुफा अवस्थित छ ।गुफालाई हिउँ चितुवा बस्ने बाँसस्थानको रुपमा पनि लिईएको छ ।गुफाको ऐतिहाँसिक तथा धार्मिक महत्व छ ।१५ औं शताब्दीका लामा उग्रेन पाल्साङले उक्त गुफामा ध्यान तपस्या गरेको भन्ने स्थानीयको भनाई छ ।
ऐतिहासिक ठिनी गाउको पूर्वतर्फ १ सय मिटर उचाईमा गुफा पर्छ ।

बन्यजन्तु संग संम्वन्धित रहेकाले पछिल्लो समय यसको चर्चा देश –बिदेशमा चुलिएको हो ।ठिनी गाउको अमुल्य गहना हिउँ चितुवा गुफा सुरुमा २ वटा थियो ।जनमुक्ति यूवा क्लवले गुफा स्तरबृद्धि र पार्क बनाउने क्रममा त्यहाँ अर्को भग्नावशेष गुफा फेला परेको जनमुक्ति यूवाक्लवका अध्यक्ष नरेन्द्र थकालीको भनाई छ ।उनका अनुसार उक्त नयाँ गुफालाई पनि स्तरबृद्धि गर्दै ३ वटै गुफा बनाईएर पर्यटकीय अवलोकन केन्द्रका रुपमा क्लवले संरक्षण गर्दै आईरहेको बताए ।
गुफाको भित्री भागमा सानो ध्यान गर्ने योग ठाउँ छ । योग कोठा हेर्न क्लवले बिदेशी पर्यटकका लागि शुल्क तोक्ने तैयारी गरेको अध्यक्ष थकालीले जनाए ।


स्नो लियोपार्ड कन्जरभेन्सी र एक्यापको संयूक्त टोलीले हिउँ चितुवाक्षेत्र ठिनी माथिको लेकमा २०७० सालमा क्यामेरा ट््याप गरेको एक्याप प्रमुख तुलसी दाहालले बताए ।दाहालका अनुसार उक्त क्यामेरा ट््यापको अध्ययनमा उक्त गाउँ माथि ४ वटा हिउँ चितुवा रहेको पुष्टि भएको हो ।एक्याप प्रमुख दाहालले अझै पनि गुफा आसपासको क्षेत्रमा हिउँ चितुवा डुल्ने ,बस्न सक्ने संम्भावना रहेको बताए ।
हिउँ चितुवाले गाउलेलाई बेलाबेलामा सास्ती दिने गरेको स्थानीयले सुनाए ।केही वर्षअघि स्थानीय र हिउँ चितुवाबीचको द्धन्दनै थियो ।तर,पछिल्लो समय स्थानीयले हिउँ चितुवाको पीडाँबाट राहतको महशुस गर्न थालेका छन् ।


गाउँका पुराना बुढापाकाहरु सम्झिदै भन्छनन्, ‘रातको समय पारेर किसानको गोठमा भएका भेडा–ब्राख्रा हिउँ चितुवाले लछारेर उक्त गुफा भित्र लुकाउने गथ्र्यो ।’ हिउँ चितुवाले गुफा बनाएको अवशेषलाई क्लवको सक्रियतामा स्तरोन्नति गर्दै त्यस स्थानलाई हिउँ चितुवा गुफा नामाकरण गरेको क्लवका सचिव नीरज थकाली बताउँछन् ।ऐतिहासिम संम्पदा संरक्षण गर्ने उद्देश्यले गुफा संरक्षणमा स्थानीयको समेत चाँसो बढेको उनको भनाई छ ।पछिल्लो समय हिउँ चितुवा अध्ययन तथा गुफा हेर्न बिभिन्न खोज अनुसन्धानकर्ता ,बिद्यार्थी र पर्यटकको घुईचो लागेको क्लवका सचिव थकालीले बताए।
पछिल्लो समय ठिनी ढुम्बातालको पर्यटकीय क्रेज बढेसंगै स्वदेशी तथा बिदेशी पर्यटकले गुफा हेर्न छुटाउदैनन् ।

पर्यटकीय सिजनको समय दैनिक ५० देखि १ सय ५० जनाको संख्यामा गुफा अवलोकन गर्ने गरेको क्लवको दावी छ ।गुफा हेर्न आउने पर्यटकका कारण स्थानीय ठिनी थकाली होमस्टे समेतको व्यापारिक रौनक बृद्धि भएको होमस्टेकी सचिव जुमा थकाली बताउछिन् ।

ढुम्बाताल र हिउँ चितुवा गुफाकै कारण पर्यटक बढे लगत्तै अहिले ठिनी गाउँमा केही नयाँ होमस्टे थपिएका छन् ।ठिनी गाउँमा होमस्टे संख्या १४ पुगेको सचिव जुमा थकालीले जानकारी दिईन् ।
हिउँ चितुवा गुफा संरक्षण तथा संम्वद्धनका लागि घरपझोङ गाउँपालिका र एक्यापले आर्थिक सहयोग गरेको हो ।गुफा नजिकै प्रबेशद्धार, बिश्राम स्थल ,पर्यटक होडिङ बोर्ड र सिंढीसहितको गोरेटो पदमार्ग निर्माण गरिएको छ ।

पर्यटकीय ऐतिहाँसिक गाउँठिनी वरपर हिउँ चितुवा गुफासँगै थकाली संग्रहालय , ठिनी गुम्बा , यारुझो भ्यू टावर , छमा ताल , कैसाङ क्याप , ईको ग्रो मुस्ताङ (स्याउ बगान ) , नमखु लेख ,तिलिचो पदमार्ग, खेती उर्वरभूमी ,मौलिक थकाली कला सस्कृति अवलोकन गर्न सकिने छ ।