ताजा समाचार

जेठ ३ गते २०७६

मदन भण्डारी हत्याराको खोजी भैरहेको छ

गृहमन्त्री रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी गर्न सुरू गरिएको बताएका छन् ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताएका हुन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्यमय ठानिँदै आएको छ ।