ताजा समाचार

जेठ ३ गते २०७६

यस्तो छ मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटनास्थल

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ ३ गते जीप दुर्घटनास्थल भरतपुरको दासढुङ्गा ।

विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरू दुवैको ‘रहस्यमय’ निधन भएको थियो ।

जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच विसं २०४७ मा एकीकरण गराएर नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजको नीतिलाई तत्कालीन नेकपा एमालेले पछ्याउँदै आएको थियो । गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको नेकपाका केही नेताहरूले बताउँदै आएका छन् ।

बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचन २०४८ मा पार्टी देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा उनले मार्क्सवादमा नै आधारित जबज सिद्धान्त र कार्यक्रम प्रतिपादन गरेका थिए ।

२०५० जेठ ४ गते विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा हेमबहादुर थापा मगरसहित साथीहरूसँग गएका थिए । नदीमा माछा मारेर नै हामीहरूको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा २ चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा पर्यो । मलाई लाश हो कि भन्ने लाग्यो ।

साथीहरूलाई लाश देखेको खबर गरेँ । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । अनि साथीहरू र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ । लासलाई ओल्टाइपोल्टाइ हेर्यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन । लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए ।

सेनाहरूलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ । हेरेपछि सेनाहरूले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ ।

लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका ४ जना नेपाली सेना आइपुगे । उनीहरूले लाश हेरे । सेनाहरूलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ । हेरेपछि सेनाहरूले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियौँ ।

घरमा बाजेलाई लास भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको लाश होला भने । उनले पुलिसलाई खबर गर्न भने तर पुलिसलाई खबर गर्ने आँट गरिन । जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ ।

टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरूले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौँ । नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ ।

डुङ्गामा लाश हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरूले मलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरूले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु ३ जना साथीलाई घटनाबारे मान्छेहरूले सोधिरहे ।