ताजा समाचार

जेठ ४ गते २०७६

बुद्ध जन्मजयन्तीका दिन राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रिको आयो यस्तो सन्देश

गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा देशका उच्चओहोदाका ब्यक्तित्वहरुले शुभकामना शन्देश जारी गरेका छन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने बताएकी छिन्।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गरेकी छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देशमा जारी गर्दै विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन्।

गौतमबुद्ध जन्मजयन्तीका अवसरमा सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेको छन्।