मुख्य समाचार

बागलुङ बसपार्कमा जिपको ठक्करले स्कुटर चालकको मृत्यु

पोखरा बागलुङ बसपार्कमा जिपले ठक्कर दिँद एक स्कुटर चालकको मृत्यु भएको छ । शनिबार राति ९ बजे बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा हरिचोकबाट जिरो किमीतर्फ जादै गरेको ग १ ज ५८९६ नंम्वरको जिपले बाग्लुङ बसपार्कबाट बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँएको थियो । ठक्करबाट घाइते स्कुटर चालक माछापुछ्रे गाउँपालिका ७ धम्पुस की २६ वर्षीया तारा विकलाई उपचारका लागि फिस्टेल अस्पताल पठाईएकोमा डाक्टरले… पुरा पढौ

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ६७६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमण मुक्त… पुरा पढौ

स्याउ संकलनमा जुटे मुक्तिनाथ ग्राण्ड सम्वलाका सुरज गुरुङ

जिल्ला मुस्ताङमा दशै —तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा—काठमान्डौं लगायतका सहरमा निर्यात हुने भइरहेको छ ।जिल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैचाबाट स्याउ टिप्ने चटारो चलेको छ ।कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस र यहाँको उत्पादन स्थानीयलेनै बजार सम्म पू¥याउने उद्देश्य मुस्ताङीको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएको स्याउ गैर जिल्लाका व्यापारीले… पुरा पढौ

सबै तहका परीक्षा हुने, २५ जनासम्म हुने तालिम पनि चल्ने

सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको छ । गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण पूर्वनिर्धारित परीक्षा र शैक्षिक क्यालेन्डर अनुसार हुनुपर्ने अरु परीक्षासमेत रोकिएका छन् । मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सरकारले २५ जनासम्म सहभागी भएर… पुरा पढौ

बहुचर्चित कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोन पुस्टि

बहुचर्चित कलाकार, हरिबंश आचार्य तथा आचार्य पत्नी रमिला थापा आचार्यको पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण देखिएको छ । सामान्य लक्षण देखिएपछि दुवैजनाको स्वाब परीक्षण गरिएको थियो । दुवैजनाको स्वास्थ्य सामान्य रहेको छ । पुरा पढौ

‘व्यापारी सरकार चाहिँदैन, सत्याग्रही मार्न पाइँदैन’ (फोटो फिचरसहित)

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा पोखरामा सोमबार प्रदर्शन भएको छ । डा केसीको समर्थनमा पोखराको पृथ्वीचोक देखि सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै बिरोध जुलुस मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागीले डा केसीका जायज माग नसुन्ने सरकारलाई ध्यानकर्षण गराउन शंख फुकेका थिए । डम्बरु र ड्रम बजाउँदै बिरोधमा पोखरा शहर परिक्रमा गरेका थिए । सहभागीले व्यापारी सरकार चाहिँदैन, सत्याग्रही मार्न पाइँदैन… पुरा पढौ

अब लकडाउन गर्ने योजना छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि लकडाउन गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो । तर अहिले स्वास्थ्य मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन… पुरा पढौ

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।… पुरा पढौ

२५ सदस्यीय गण्डकी प्रदेश खेलकुद परिषद

गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबारको प्रदेश सभा बैठकले पारित गरेको छ । विधेयकबारे गण्डकी प्रदेश विधायन समितिमा छलफल भएको थियो । गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय हुनेछ ६ सदस्यीय बोर्डं समिति बन्ने छ । यो विधेयक सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिईन् । विधेयक पास भएपछि गण्डकी प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । संघीयताको भाव अनुसार अब खेलकुदको विकास… पुरा पढौ

खानेपानी संस्थान पोखराका वाग्लेउपर मुद्दा दायर

नेपाल खानेपानी संस्थान, पोखरा शाखा बिन्दवासिनी इकाईमा सहायक, प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेउपर मुद्दा दायर भएको छ । सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा उनले २५ हजार लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले वाग्लेलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं