मुख्य समाचार

हर्पन खोलाको सिल्टेसन ड्याम भत्किन थाल्यो

फेवातालको अतिक्रमण कम गर्न हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भत्किन थालेको छ । पोखरा महानगरका इन्जिनियर विमल आचार्यले ड्याम तल्लो भागमा करिब १५ मिटर भत्केको जानकारी दिए । उनले भने, ‘ड्याम २ ठाउँमा गरी करिब १५ मिटर भत्केको छ ।’ आचार्यले ड्याम गुणस्तरका कारणले भन्दा पनि त्यहाँ जम्मा भएको लेदो, गिटी आदि समयमै नझिकिँदा भत्केको बताए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवातालको सुन्दरता कायम गर्न यसलाई… पुरा पढौ

वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन आदेश

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो । असोज १ गते सपथ खाएका गौतम न्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका थिए । प्रतिनिधिसभा चुनावमा पराजित हुँदा संघीय संसद्‌मा मनोनित गरेकोमा रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । ुवर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक… पुरा पढौ

मुस्ताङका एक युवाले तयार पारे कोरोना रोकथाम गर्नसक्ने हिमाली औषधि

जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् । उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन्… पुरा पढौ

देउवा कन्ट्याक ट्रेसिङमा, प्रधानमन्त्रीसँगको छलफल रोकियो

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ । उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ । पुरा पढौ

कुलमानको पुनर्नियुक्ति प्रस्ताव विचाराधीन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ। पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको जनाएका छन् । उनले प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधीन नै रहेको र प्रस्ताव पाश हुन अपेक्षासमेत गरेका छन् । पुरा पढौ

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो। नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५… पुरा पढौ

सिन्धुपाल्चोकमा भूकम्प, वर्सेनि बिपत्तिको मार

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । यसले काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरे । ‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ,’ उनले भने । भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए। सिन्धुपाल्चोकमा २०७१ बाट अहिलेसम्म… पुरा पढौ

बिपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध पौने ८ करोड भष्ट्राचार आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालिन उपकुलपति डा बलभद्रप्रसाद दास विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित आज विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । उनले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० गैरकानुनी रुपमा सम्पति आर्जन गरेको अख्तियारको आरोप छ । अख्तियारले आरोप पत्रमा डा दासले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफतसहित कारबाहीको माग गरेको छ । ‘तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद… पुरा पढौ

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गर्ने निर्णय

सरकारले सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए । बैठकले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णयसमेत पनि गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिबारे कुनै… पुरा पढौ

महानगरका एक स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा महानगरपालिका ८ का एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । उनी २१ वर्षीया महिला हुन् । कास्कीमा १७ जनासहित गण्डकीमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबै जना विदेशबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं