वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन आदेश

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो । असोज १ गते सपथ खाएका गौतम न्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका थिए ।

प्रतिनिधिसभा चुनावमा पराजित हुँदा संघीय संसद्‌मा मनोनित गरेकोमा रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए ।

ुवर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक यस अदालतमा प्रस्तुत गरिएकोबाट यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्त्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ । तसर्थ विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्त्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो नलागेसम्म थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू, नगराउनूु अन्तरिम आदेशमा उल्लेख छ ।