मुख्य समाचार

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीमा चन्द्रकिशोर

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको सोमबार भएको प्रथम अधिवेशनबाट चन्द्रकिशोर गौतम नेतृत्वको प्यानल नै विजयी भएको छ । अधिवेशनमा चन्द्रकिशोरले ३९ मत पाएका थिए भने उनका प्रतिश्पर्धी वुद्धिबहादुर गहतराजले २५ मा चित्त बुझाए । चन्द्रकिशोर सभापति रहेको कार्यसमितिमा उपसभापतिद्वयमा जीवनकुमार विश्वकर्मा (म्यादी) र कृष्णबहादुर विश्वकर्मा (गोर्खा) छन् । सचिवमा रविन विश्वकर्मा, कोषाध्यक्ष नेत्रबहादुर विश्वकर्मा, सहसचिव पर्व विश्वकर्मा र सहकोषाध्यक्ष पूर्णबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा हरि गहतराज,… पुरा पढौ

तेजाब लगायत ३ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी हुन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ९नियमन०, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय९पहिलो संशोधन० रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए । रासस पुरा पढौ

‘मौलिक हक माग्ने अनसनकारीलाई धरपकड निन्दनीय’

नेपालको चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने… पुरा पढौ

कोरोनाले लियो करिब १० लाखको ज्यान

कोरोना भाइरसका कारण विश्वमा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार ८ सय ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकमा ३ करोड ३० लाख ६२ हजार पुगेको छ । ती संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप… पुरा पढौ

हर्पन खोलाको सिल्टेसन ड्याम भत्किन थाल्यो

फेवातालको अतिक्रमण कम गर्न हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भत्किन थालेको छ । पोखरा महानगरका इन्जिनियर विमल आचार्यले ड्याम तल्लो भागमा करिब १५ मिटर भत्केको जानकारी दिए । उनले भने, ‘ड्याम २ ठाउँमा गरी करिब १५ मिटर भत्केको छ ।’ आचार्यले ड्याम गुणस्तरका कारणले भन्दा पनि त्यहाँ जम्मा भएको लेदो, गिटी आदि समयमै नझिकिँदा भत्केको बताए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवातालको सुन्दरता कायम गर्न यसलाई… पुरा पढौ

वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन आदेश

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको हो । असोज १ गते सपथ खाएका गौतम न्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका थिए । प्रतिनिधिसभा चुनावमा पराजित हुँदा संघीय संसद्‌मा मनोनित गरेकोमा रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । ुवर्तमान संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक… पुरा पढौ

मुस्ताङका एक युवाले तयार पारे कोरोना रोकथाम गर्नसक्ने हिमाली औषधि

जिल्ला मुस्ताङमा कोरोना विरुद्ध रोकथाम तथा प्रतिकार्य गर्नसक्ने एक प्रकारको हिमाली जटिबुटी मिश्रित औषधि एक यूवाले तयार पारेका छन् । मुस्ताङको थासाङ गाउपालिका—१ टुकुचेका स्थानीय नगेन्द्र क्षेत्रीले उक्त स्वास्थ्यवद्र्धकऔषधि हिमाली लेकबाट आफैले खोजेर ल्याई तयार पारेको बताएका छन् । उनले गत भदौ महिनाको पहिलो साता कोरोना विरुद्ध प्रतिकार्य गर्नसक्ने रोग प्रतिरोधात्मक औषधि खोज्ने उद्देश्यले गाउ माथिको धौलागिरि लेक पुगे । उनले त्यहा एकसाता खर्चिएर ७ थरीका जटिबुटी जम्मा पारेका छन्… पुरा पढौ

देउवा कन्ट्याक ट्रेसिङमा, प्रधानमन्त्रीसँगको छलफल रोकियो

कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्। उनको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयका अरु ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। देउवा होम आइसोलेसनमा बस्नु परेपछि बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीको छलफल पनि रोकिएको छ । उनको स्वाब परीक्षण शुक्रबार गरिने भएको छ । पुरा पढौ

कुलमानको पुनर्नियुक्ति प्रस्ताव विचाराधीन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ। पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको जनाएका छन् । उनले प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधीन नै रहेको र प्रस्ताव पाश हुन अपेक्षासमेत गरेका छन् । पुरा पढौ

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो। नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन – ५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं