गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबारको प्रदेश सभा बैठकले पारित गरेको छ ।
विधेयकबारे गण्डकी प्रदेश विधायन समितिमा छलफल भएको थियो । गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय हुनेछ ६ सदस्यीय बोर्डं समिति बन्ने छ ।
यो विधेयक सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिईन् । विधेयक पास भएपछि गण्डकी प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।
संघीयताको भाव अनुसार अब खेलकुदको विकास हुन हुने उनले अपेक्षा गरिन् । ऐनमा प्रतिबन्धित लागु औषध सेवन गरेको पाइए १० देखि ५० हजार जरिवाना गर्ने प्रावधान छ । म्याच फिक्सिङ गनेलाई ३ वर्ष कैद हुनेछ ।
file pix




