मुख्य समाचार

कास्कीको ४६ प्रतिशत क्षेत्रफलमा वन

बोटविरुवा रोप्ने सिजन सकिएको छ । भदौ महिनासम्म बोटविरुवा रोप्न उपयुक्त समय मानिन्छ । डिभिजन वन कार्यालय कास्कीका अनुसार ७१ हजार विरुवा वितरण भईसकेको छ । भदौको अन्तिमसम्म विभिन्न संघसंस्था विरुवा माग्न उद्दत हुन्छन् । संघसंस्थालाई डिभिजन बन कार्यालय(तत्कालिन जिल्ला बन कार्यालय) कास्कीले वितरण गर्दै आएको छ । किसानलाई लक्षित गरी डाले घाँसका विरुवा, शहर बजारमा भने हरियालीको लागि छुट्टै प्रकृतिका विरुवाको माग बढी हुने गरेको छ । दुईवर्ष अघिदेखि… पुरा पढौ

सरकारी अनुमति पर्खिदै काहुँको धर्मकाय बुद्ध मण्डला

२०७२ साल बैशाखदेखि पोखराको काहुँकोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजना बनाईयो । योजना अनुसार जग्गाको समस्या समाधान गरियो । व्यक्तिगत जग्गालाई सट्टाभर्ना गर्दै समाधान खोजियो । व्यक्तिलाई जग्गाको सट्टा जग्गा नै सट्टाभर्ना गरेरै बुद्ध मण्डलाको लागि व्यवस्थापन गरिएको थियो । मण्डला बनाउन आवश्यक जग्गाको प्रक्रिया टुग्याईसकिएको छ । यद्यपि सरकारबाट भने स्वीकृति पाईनसक्दा कामको गतिले भने फड्को मार्न सकेको छैन् । १४ सय मिटरको उचाईमा रहेको काँहुकोटमा बुद्ध मण्डला बनाउने… पुरा पढौ

पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन

कोरोना संक्रमणबाट पोखरा १३ की ३६ वर्षीया महिलाको आइसियुमा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोभिड १९ उपचार केन्द्रको आइसियुमा कात्तिक ५ गते भर्ना भएकी ती महिलाको बुधबार राति १२ बजे निधन भएको हो । प्रतिष्ठानका निर्देशन सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ति निकालेर ती महिलामा निमोनिया लगायतका समस्यासमेत रहेको जनाएका छन् । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने २० औं संक्रमित हुन् । पुरा पढौ

मुस्ताङमा समुदायमा संक्रमण, घरपझोङका स्कुल र यातायात बन्द

मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँबाहिर नगएकी वडा नं ४ की ३८ वर्षीया महिलालाई कोरोना देखिएपछि पालिकाभित्रका स्कुलहरु एक सातालाई बन्द गरिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच गर्न र जोखिम कम गर्न कात्तिक १३ देखि १९ गतेसम्म स्कुल बन्द गरिएको अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए । सिसिएमसीको बुधबारको बैठकले पालिकामा सरकारी र आकस्मिक बाहेकका सवारी साधन सञ्चालनमा पनि… पुरा पढौ

जग्गा प्राप्ति नहुदाँ ल्याण्डफिल साइट बनाउन सकस

पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ । बजारसँगै जनघनत्व बढ्दै गएको छ । १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ । १५ वर्षलाई लक्षित गरी बनाइएको ल्याण्डफिल साईटले नै पोखराको फोहोर थेग्दै आएको छ । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ । तर बैकल्पिक ल्याण्डफिल साईट भने अझै बनाउन सकिएको छैन् । एक वर्षपछि विमानस्थल सञ्चालनमा आउनेछ ।… पुरा पढौ

पोखरामा थपिए ८६ संक्रमित, गण्डकीमा ७ हजार पुगे

पोखरा महानगरमा ८९ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीको तेस्रो अपडेट अनुसार पोखरा महानगरमै यी संक्रमित फेला परेका हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा यी संक्रमित पत्ता लागेका हुन् । बुधबार संक्रमण पुष्टि भएका १ सय २१ जनामध्ये ८६ जना पोखरा महानगरका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । पुरा पढौ

बिजुलीको केन्द्रीय प्रशारण लाईनमा जोडियो लोमान्थाङ

साना माईक्रो हाईड्रोपावरबाट उत्पादित विजुलीकै भरमा उज्यालोमा बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको अब अन्त्य भएको छ । कहिले आउने र कहिले जाने समस्याबाट ग्रसित लोमान्थाङबासीलाई केन्द्रीय प्रशारण लाईन विस्तार भएपछि अब अध्याँरोमै बस्नुपर्ने अवस्था भने आउने छैन् । लोमान्थाङ गाउँपालिकाको वडा नं ५ र लोघेकरको चराङमा माइक्रो हाईड्रो सञ्चालित छ । त्यसबाट उत्पादित विजुलीले दुईवटा वडाका बासिन्दाले उपयोग गर्दै आएका थिए । तर अब गाँउपालिका सबै वडामा उज्यालो पुग्ने छ । ‘गाँउपालिकाको… पुरा पढौ

महेन्द्र र चमेरे गुफाका लागि २२ करोड

गतवर्ष मात्रै पोखराको दुईवटा गुफालाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरियो । तयार पारिएको गुरुयोजना अन्तर्गत केही काम शुरु गरिएको छ । महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अनुसार दुई गुफाको लागि २२ करोडको योजना बनाइएको हो । महेन्द्र गुफा संरक्षण र सम्बद्र्धन गर्दै आएको विन्ध्यवासिनी माविले एक करोड रुपैयाँको लागतमा नाला निर्माण तथा सिमेन्टयुक्त ढलान बाटो, रेलिङ तथा ढुंगा विच्छ्याउने काम गरेको छ । गण्डकी प्रदेश सरकारकै लगानीमा… पुरा पढौ

‘लालपुर्जा दिलाइदिन्छु भनी पैसा उठाउनेलाई कारवाही गर’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले महानगरभित्रका केही स्थानमाभूमिहीनहरुलाई जग्गा दर्ता गरिदिने, लालपुर्जा दिलाइदिने भनी रकम असुल्ने काम भएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति निकालेर महानगर अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेले यसरी रकम उठाउनेलाई कारवाही गर्न माग गरेका हुन् । केहीलाई यो अभियोगमा पक्राउ गरी कारवाहीसमेत भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका गतिविधिमा संलग्न हुनेलाई हदैसम्मको कार्वाहीको लागि जोडदार माग गर्दछौं ।’… पुरा पढौ

कोरला नाका छिट्टै खुल्छ, पूर्वाधार बनाउँछौं : ज्ञवाली

चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका छिट्टै खुलाउन नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने सरकारका प्रवत्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन् । काठमान्डौंबाट बुधबार हेलीकोप्टर मार्फत कोरलानाका पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले कोरलानाका खुल्ने कुरामा ढुक्क रहन स्थानीयबासीलाई आश्वासन दिएका छन् । मन्त्री ज्ञवालीले कोरलानाका निकै संम्भावना बोकेको नाका भएकाले यसलाई संञ्चालनमा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने जनाए । सरकारले चाँडो भन्दा चांँडै कोरलानाका संञ्चालनमा ल्याएर जिल्ला, प्रदेशको मात्र होईन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं