मुख्य समाचार

खानेपानी चोरी गर्नेलाई कारवाही

सुख्खा याम सुरु भएसँगै पोखराको बजार क्षेत्रमा खानेपानी चोरी गर्नेको संख्या बढेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको धारामा जडान भएको मिटर झिकेर पानी चोरी गर्नेको संख्या बढेको हो । खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले उल्लेख गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको वितरण शाखाका प्रमुख लक्ष्मण पाण्डेले जनाएका… पुरा पढौ

विप्लव नेकपाद्वारा शिक्षकको हत्या, प्रतिकार गर्दा मारिएको दाबी

मोरङको मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मंगलबार एक शिक्षकको हत्या गरेका छन् । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको मोरङका एसपी सन्तोष खड्काले बताए । श्रेष्ठसँग नेकपाले चन्दा मागेको प्रहरीले दाबी गरेको छ । यता, श्रेष्ठको हत्याको जिम्मेवारी लिँदै विप्लवको नेकपाले… पुरा पढौ

संसद विघटन र संकटकालको त्रासले डराउँदैनौं : नेपाल

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोहि पनि नडराउने टिप्पणी गरेका छन् । फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की नदिन चेतावनी दिँदै उनले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए। कमिटीहरुमा अल्पमतमा परेका… पुरा पढौ

बेलायतले दियो कोभिड १९ विरुद्धको खोपलाई स्वीकृति

बेलायतले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि स्विकृति दिएको छ । बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृति दिने विश्वकै पहिलो देश भएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको बिबिसीले उल्लेख गरेको छ । मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको खोप आगामी साताबाटै दिन लागिएको छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसलाई लगाउनका लागि बेलायतले ४… पुरा पढौ

आज पनि नेकपा सचिवालय बैठक, ओली नजाने

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत… पुरा पढौ

संघीयता संस्थागत गर्ने जिम्मेवारी स्थानीय तहको : जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन् । व्यवस्था परिर्वतन भए पनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतिहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने… पुरा पढौ

बर्दिवासमा निषेधाज्ञा

बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि अहिले यहाँ निषेधाज्ञा जारी गरिएको छ । स्थानीयबासी आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको हो । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को गए राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि २४ घण्टासम्मलाई निषेधाज्ञा जारी गरेको हो ।… पुरा पढौ

आफ्नै अस्पताल बनाउन पोखरा महानगरको समिति

पोखरा महानगरपालिकाले एक पालिका, एक अस्पताल स्थापना गर्ने संघीय सरकारको नीति बमोजिम अस्पताल बनाउने तयारी गरेको छ । अस्पताल बनाउन जग्गा खोजी गर्न बिहीबार भएको ४३ औं कार्यपालिका बैठकले समिति गठन गरेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशैभर मंसिर १५ गते अस्पताल उद्घाटन गर्ने तयारी गरेको छ । अस्पतालका लागि आवश्यक जग्गाको खोजी तथा सम्भाव्यता अध्ययन गरी महानगरपालिकामा सिफारिस गर्न डा नारायण ओझाको संयोजकत्वमा समिति गठन गरिएको महानगरका प्रवक्ता… पुरा पढौ

प्याराग्लाईडिङ दुर्घटनामा १ को मृत्यु, १ घाईते

सोमबार दिउँसो भएको प्याराग्लाईडिङ दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो १ बजेतिर पोखरा महानगरपालिका १८ सराङकोटबाट उडि ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । पोखरा १८ क्याम्प चोकमा ल्याण्डिङ गर्ने स्थान नजिकै दुर्घटना हुँदा घाइते भएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । फिष्टेल कम्पनीका पाइटल नेपालीको घर पोखरा २८ कालिका हो । नेपालीलाई उपचारका लागि मेट्रोसिट िअस्पताल पठाईएकोमा… पुरा पढौ

कांग्रेस ५ वर्ष सरकारमा जाँदैन : शर्मा

नेकपा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस अध्यक्ष शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा ओलीले देउवालाई ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेको समाचार सार्वजनिक भएको छ । यो सामाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने दाबी गरेका छन्। सत्तारुढ नेकपा विभाजन हुने अवस्था आएमा कांग्रेससँग मिलेर सरकार चलाउने ओलीको योजना रहेको स्रोत बताउँछ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं