कांग्रेस ५ वर्ष सरकारमा जाँदैन : शर्मा

नेकपा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस अध्यक्ष शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा ओलीले देउवालाई ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।

यो सामाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष पार्टी सरकारमा सहभागी नहुने दाबी गरेका छन्।

सत्तारुढ नेकपा विभाजन हुने अवस्था आएमा कांग्रेससँग मिलेर सरकार चलाउने ओलीको योजना रहेको स्रोत बताउँछ । देउवाले भने यसबारे ठोस जवाफ दिइसकेका छैनन् ।

प्रवक्ता शर्माले पाँच वर्ष कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश भएकाले ओलीलाई कांग्रेस सांसदको टाउको नगन्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘भ्रम कोही कसैलाई केही छ भने पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अत कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं। नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं। अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं।’