मुख्य समाचार

संवैधानिक परिषद्को बैठकपछि ओली शितल निवासतिर

नयाँ अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । तीन जना उपस्थित भएको बैठकले बिभिन्न संवैधानिक अंगका पदाधिकारीको नियुक्तिबारे छलफल गरेको स्रोतले जनाएको छ। बैठकको निर्णयबारे जानकारी दिइएको छैन । नेकपा र मन्त्रीपरिषद्भित्रै अध्यादेशबारे छलफल नभएको र लोकतन्त्रको मान्यताविपरीत अध्यादेश ल्याएको भन्दै सरकारको सर्वत्र विरोध भएको छ । बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास प्रस्थान गरेका छन् । पुरा पढौ

अध्यादेशपछि संवैधानिक परिषद्को बैठक जारी

सरकारले विपक्षी दलको नेता र सभामुखबिनै बैठक बस्न सक्ने र निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेकी हुन् । केही मन्त्रीलाई समेत थाहा नदिई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत अध्यादेश जारी भएपछि ओली नेतृत्वको सरकार पार्टीभित्र र बाहिर दुवैतिर आलोचित भएको छ । नेकपाकै नेता र विभिन्न दलका नेताहरुले अध्यादेशको विरोध गरेका छन् । सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित… पुरा पढौ

टुकुचेको झोमो फाँटमा सिँचाइ सुविधा

हिमाली जिल्ला मुस्ताङको टुकुचेका किसानले चिसो मौसममा रातको समयमा पालो कुरेर खेतवारीमा पानी लगाउने समस्या टरेको छ । गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फांटमा २ करोड ३० लाखको लागतमा नजिकैको थापाखोलाबाट १५ सय मिटरको नहरबाट पानी लगेर पोखरी निर्माण गरी सिचाइ गर्न थालेपछि स्थानियहरुले रातको समयमा पालो कुरेर पानी लगाउने समस्याबाट मुक्ति मिलेको हो । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिचाइ गर्नुपर्दा मुस्किलले ३० देखी ३५ दिनमा पालो… पुरा पढौ

उपल्लो मुस्ताङबाट उज्यालो गण्डकी अभियान सुरु

गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिकाबाट गरेको छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेको हिमाली जिल्ला मुस्ताङको विभिन्न तीन गाउपालिकामा चार सय सोलार जडान गरी उज्यालो गण्डकी प्रदेशको घोषणा अभियान सुरु गरिएको हो । मुस्ताङको लोमन्थाङ गाउपालिका, लो घेकर दामोदर कुण्ड गाउपालिका र बारागुङ मुक्ति क्षेत्रमा रहेका गाउहरु जहा स्थानिय लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत लाइन समेत पुग्न नसकेको ४ सय घरधुरीमा… पुरा पढौ

खानेपानी चोरी गर्नेलाई कारवाही

सुख्खा याम सुरु भएसँगै पोखराको बजार क्षेत्रमा खानेपानी चोरी गर्नेको संख्या बढेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको धारामा जडान भएको मिटर झिकेर पानी चोरी गर्नेको संख्या बढेको हो । खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले उल्लेख गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको वितरण शाखाका प्रमुख लक्ष्मण पाण्डेले जनाएका… पुरा पढौ

विप्लव नेकपाद्वारा शिक्षकको हत्या, प्रतिकार गर्दा मारिएको दाबी

मोरङको मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मंगलबार एक शिक्षकको हत्या गरेका छन् । सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको मोरङका एसपी सन्तोष खड्काले बताए । श्रेष्ठसँग नेकपाले चन्दा मागेको प्रहरीले दाबी गरेको छ । यता, श्रेष्ठको हत्याको जिम्मेवारी लिँदै विप्लवको नेकपाले… पुरा पढौ

संसद विघटन र संकटकालको त्रासले डराउँदैनौं : नेपाल

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोहि पनि नडराउने टिप्पणी गरेका छन् । फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की नदिन चेतावनी दिँदै उनले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए। कमिटीहरुमा अल्पमतमा परेका… पुरा पढौ

बेलायतले दियो कोभिड १९ विरुद्धको खोपलाई स्वीकृति

बेलायतले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि स्विकृति दिएको छ । बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृति दिने विश्वकै पहिलो देश भएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको बिबिसीले उल्लेख गरेको छ । मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको खोप आगामी साताबाटै दिन लागिएको छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसलाई लगाउनका लागि बेलायतले ४… पुरा पढौ

आज पनि नेकपा सचिवालय बैठक, ओली नजाने

सत्तारुढ नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् । हिजोको बैठकमा बहुमत… पुरा पढौ

संघीयता संस्थागत गर्ने जिम्मेवारी स्थानीय तहको : जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय तह फरक भएकाले संघियतालाई संस्थागत गर्न स्थानीय सरकारको जिम्मेवारी बढी हुने बताएका हुन् । व्यवस्था परिर्वतन भए पनि सोच परिर्वतन नहुँदा काम गर्दा चुनौतिहरु आउने गरेको बताउँदै संघीय व्यवस्थालाई लागू गराउन स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं