राष्ट्रपतिमाथि महाअभियोग लगाऔं : डा भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन्।

डा। भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको भन्दै महाअभियोग लगाउनुपर्ने तर्क गरेका हुन् ।

तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनुपर्ने उनको भनाइ छ। सरकारले मंलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी रुपमा विरोध भईरहेको छ।