कुन कुन मन्त्रीले गरे ओलीको प्रतिवाद ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा गरेपछि ३ मन्त्रीले प्रतिवाद गरेका थिए ।

ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले प्रस्तावको प्रतिवाद गरेका हुन् । उनीहरुले असंवैधानिक कदम नचाल्न आग्रह गर्दै मध्यवधिमा जाँदा जनमतको अपमान हुने जनाएका थिए ।

प्रधानमन्त्री भने ती मन्त्रीहरुसँग प्रतिवाद नगरी निर्णय गरी हिडेका थिए ।