संवैधानिक परिषद्को बैठकपछि ओली शितल निवासतिर

नयाँ अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ ।

तीन जना उपस्थित भएको बैठकले बिभिन्न संवैधानिक अंगका पदाधिकारीको नियुक्तिबारे छलफल गरेको स्रोतले जनाएको छ। बैठकको निर्णयबारे जानकारी दिइएको छैन ।

नेकपा र मन्त्रीपरिषद्भित्रै अध्यादेशबारे छलफल नभएको र लोकतन्त्रको मान्यताविपरीत अध्यादेश ल्याएको भन्दै सरकारको सर्वत्र विरोध भएको छ । बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास प्रस्थान गरेका छन् ।