राजीनामा दिने तयारीमा ५ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ मन्त्रीले राजीनामा दिने भएका छन् ।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव यसका लागि छलफलमा जुटेका छन् । मध्यमार्गी बनेका रामबहादुर थापा र लेखराज भट्टले के गर्लान् भन्ने निश्चित छैन ।

माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने नेता नेपालसँग छलफल गरेरमात्र निर्णय लिने भएका छन् ।