संसद विघटन सिफारिस, वैशाख २३ मा चुनाव प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष संसद विघटन गर्न प्रस्ताव पठाएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी फर्किसकेका छन् । उनको प्रस्तावमा ३ मन्त्रीले प्रतिवाद गरेका थिए ।

प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेको सोतले जनाएको छ । प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्न बाँकी छ भने यसको चौतर्फी विरोध भएको छ ।