मुख्य समाचार

मध्यवधि चुनाव गर्न ३० खर्ब

२०८८ वैशाखमा प्रस्तावित मध्यवधि चुनाव गर्न करिब ३० अर्ब खर्च हुने देखिएको छ । गत २०७४ को प्रदेश र संघीय चुनावमा निर्वाचन आयोग र सुरक्षा निकाय लगायतले करिब २६ अर्ब रुपैयाँ खर्च गरेका थिए । ३ वर्षपछि हुने निर्वाचनमा त्यो खर्च बढेर ३० खर्ब रुपैयाँभन्दा बढी हुनेछ । कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्रमा अप्रत्याशित रूपमा घोषणा गरिएको मध्यावधि निर्वाचनले झन् आर्थिक भार थपिने भएको छ । सरकारले कोरोना महामारी नियन्त्रणमा करिब २०… पुरा पढौ

मोर्चाबन्दी गरेर अघि बढौं : विप्लव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मोर्चाबन्दी गरी घघि बढ्न प्रस्ताव गरेका छन् । आइतबार विज्ञप्ति निकालेर उनले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको जनाएका हुन् । उनले प्रधानमन्त्री ओलीले फासिवादको सहारा लिएको दाबी गरेका छन् । ‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा… पुरा पढौ

वामदेव गौतम कता लाग्लान् ?

आइतबार प्रतिनिधिसभा विघटनपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले तत्कालै समर्थन र विरोध दुवै नरहेको प्रतिक्रिया दिए । यसअघि नेपाल प्रचण्ड पक्षमा देखिएका उनको टिप्पणीलाई अवसर परस्त ठानियो । केही घन्टापछि आएको उनको विज्ञप्तिमा फेरि प्रधानमन्त्रीको कदम गलत र भत्र्सनायोग्य भएको उल्लेख छ । प्रधानमन्त्री विरुद्ध प्रयोग भएको हस्ताक्षरमा समेत गौतमपत्नी तुलसा थापा र उनी निकट केही सांसदको हस्ताक्षर छैन । गौतम प्रचण्ड गौतम पक्षको स्थायी समिति बैठकमा पनि गएनन् । नेकपा… पुरा पढौ

संसद् विघटनविरुद्ध सर्वोच्चमा ३ रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा ३ निवेदन पेस भएका छन् । सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमबारमात्रै दर्ता गर्ने हुने जनाएको छ । अरु पनि निवेदन पर्नसक्ने सम्भावना छँदै छ । सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन दर्ता भएको छ । अधिवक्ताहरु समृत र सुलभ खरेलले अर्को निवेदन दिएका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेको अर्काे रिट पनि… पुरा पढौ

प्रचण्डलाई ओलीले भने : मिलेर चुनावमा जाऔं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् । संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेटेका थिए । भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका थिए । पुरा पढौ

ओलीलाई कारबाही गर्न नेकपा केन्द्रीय समिति बैठक बोलाइयो

नेकपाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । आइतबारको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । ओलीको कदमले देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पारेको बैठकले ठहर गरेको छ । उनलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवत्ता श्रेष्ठले जानकारी… पुरा पढौ

माधव-प्रचण्ड पक्षका मन्त्रीहरुले दिए राजीनामा

सरकारले संसद विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गरी गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, योगेशकुमार भट्टराईशक्तिकुमार बस्नेत, बिना मगर, वर्षमान पुन र रामेश्वर राय यादवले राजीनामा दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले संसद विघटन रोक्न रोक्न अधिकतम प्रयास गरे पनि नसकिएको बताए । उनले भने, ‘जनमत विरुद्ध चालिएको असंवैधानिक कदमविरुद्ध हामीले राजीनामा… पुरा पढौ

आइतबार बिहानै दर्ता भएको थियो ओलीविरुद्ध अविश्‍वास प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गर्नु अघि नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । नेकपा सांसद भीम रावल, पम्फा भुसाललगायतले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसदको हस्ताक्षर रहेको जनाइएको छ । पुरा पढौ

संसद विघटन गलत : गौतम

नेकपा उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले संसद विघटन गर्ने सरकारको कदमको विरोध गरेका छन् । संसद विघटन गर्न सरकारले गरेको सिफारिसमा तटस्थ रहेको प्रतिक्रिया दिएका गौतमले संसद विघटन भएपछि भने यसको विरोध गरेक हुन् । उनलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउने आश्वासन ओलीले दिएको सार्वजनिक भएको थियो । विज्ञप्तिमा गौतमले भनेका छन्, ‘संसदको कार्यकाल २ वर्ष बाँकी हुँदा हुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट… पुरा पढौ

पोखरामा ओलीको पुत्ला दहन (भिडियोसहित)

संसद विघठन विरुद्ध नेकपा निकट विद्यार्थी नै सडकमा उत्रिएका छन् । प्रचण्ड नेपाल पक्षका अनेरास्ववियु कार्यकर्ताले पोखरा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित नारावाजी गरेका छन् । जनमत र संविधान विपरीत संसद विघटन गरेको भन्दै आइतबार विद्यार्थीले पोखराको महेन्द्रपुलमा नारावाजीसहित विरोध प्रदर्शन गरेका हुन् । पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोजेको थियो । अनेरास्ववियु नेता क्षितिज शर्माले जनघाती र असंवैधानिक कदम विरुद्ध संघर्ष जारी राख्ने जनाए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं