प्रचण्ड उपाध्यक्ष सरहका व्यक्ति : ओली

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहका मान्छे भएको बताएका छन् ।

ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने दाबी गरे । ‘ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो। त्यो भनेको उपाध्यक्षसरहको हो। अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भने , ‘त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।’

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताएका थिए।

आइतबार ओली र उनी पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

ओलीले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने जनाएका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो ।’

यसैबीच, प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । दिउसो ३ बजे टेलिभिजनमार्फत् सम्बोध गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहारका सूर्य थापाले जानकारी दिए ।