मुख्य समाचार

मन्त्रिपरिषद् विस्तार, को को बन्दै छन् मन्त्री ?

प्रतिनिधिसभा विघटन भएपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएपछि खाली मन्त्रालयमा पदपूर्ति गर्ने उनको तयारी छ । टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल लगायतको नाम मन्त्री बन्ने चर्चामा छ । आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बालुवाटार स्रोतले आजै मन्त्रिपरिषद् पुनर्गठन… पुरा पढौ

आज बेलुका मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । वालुवाटारमा बेलुका ६ बजे बस्ने बैठकले मन्त्रिपरिषद विस्तार गर्ने जनाइएको छ । पुस ६ गते सात मन्त्रीले संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मन्त्रिपरिदषद विस्तार गरिने बताएका थिए । पुरा पढौ

पोखरा महानगरको प्रथम चौमासिक समीक्षा बैठक

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केहि दिनभित्रै समाधान हुने बताएका छन् । महालेखा परीक्षकको कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सन्चालनको अनुमति दिइसकेकाले विगतको जस्तो समस्या नहुने मेयर जिसीले बताए । बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए । उनले शुसासनको प्रत्याभूत… पुरा पढौ

बादलका राजनीतिक सल्लाहकार पथिक पनि प्रचण्ड पक्षमा

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘ पथिक’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा उभिएका छन्। पूर्वमाओवादी पृष्ठभूमिका बादल अर्का अध्यक्ष केपी ओलीतिर गएपछि पथिकले उनलाई छाडेका हुन् । ‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’ ओली नेकपामा दोस्रो वरियता पाउने भएपछि बादलले… पुरा पढौ

बादल केपी नेकपाको ‘सेकेन्ड म्यान’ बन्ने संकेत

नेकपा नेता एवं गृहमन्त्री रामबहादर थापा बादल ओली समूह जाने करिब निश्चित भएको छ । ठूलै घटनाक्रम परिवर्तन नभए उनी ओली नेकपाको दोस्रो वरियतामा रहने गरी वरिष्ठ उपाध्यक्ष बन्ने छन् । नेकपा विभाजन हुन लागेपछि प्रचण्ड नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदा पनि बादलले राजीनामा दिएका थिएनन् । प्रधानमन्त्री ओली निकट स्रोतले चाडै खुल्ने दाबी गरेको छ । बादलले प्रचण्डसँग वरिष्ठ उपाध्यक्षसहित चौथो वरियता माग गरेका थिए । पूर्व प्रधानमन्त्री… पुरा पढौ

सरकार गठन गर्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुने जनाएका छन् । बुधबार विज्ञप्ति निकालेर सापकोटाले पछिल्लो अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन् । उनले संविधान निर्माण गर्ने क्रममा स्थिरताका लागि प्रतिनिधिसभा विघटन नगर्ने व्यवस्था राखिएको सम्झना गरेका छन् । सापकोटाले प्रतिनिधिसभा विघटनले मर्माहत बनाएको उल्लेख गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा ९३ ९१० बमोजिम यहीँ २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा… पुरा पढौ

सरकार फेर्न खोजे प्रदेशसभा पनि विघटन गर्ने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले अझै कडा कदम चाल्ने चेतावनी दिएका छन् । संविधान अनुसार अहिले राष्ट्रपतिले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भने देखिँदैन । बुधबार योहो टिभीको ‘सत्य संवाद’मा उनले प्रदेशसभाहरु पनि विघटन गर्न सक्ने संकेत गरेका हुन् । अहिले ६ प्रदेशमा नेकपाको सरकार रहेकोमा ४ प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् । सबै प्रदेशमा ओली निकट सरकार धरापमा परेका छन् । प्रधानमन्त्रीले अहिले प्रदेश र स्थानीय… पुरा पढौ

बादल, बामदेव बार्गेटिङ गर्दै, नेता, कार्यकर्ता लाखापाखा

नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अझै खुलेका छैनन् । नेकपा विभाजन हुन लाग्दा उनीहरु लेखाजोखामै व्यस्त छन् । दुवै पक्षसँग निरन्तर सम्र्पकमा रहेका उनीहरु पदको बार्गेटिङ गर्दै छन् । तर, उनीहरुनिकट धेरै नेता, कार्यकर्ता भने लाखापाखा लागेका छन्। नेकपामा गौतम निकट दर्जनभन्दा बढी केन्द्रीय सदस्य थिए । अब उनीसँग ४ जनामात्र बाँकी रहेको बताइन्छ । अहिले गौतमको पक्षमा हरिप्रसाद पराजुली भूपेन्द्रबहादुर थापा, गणेश… पुरा पढौ

बादलले ओलीपछि प्रचण्डलाई भेटे

नेकपा विभाजनमा तटस्थ रहेका गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बुधबार बिहान ओलीलाई भेटेका बादल दिउँसो प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। दुई नेताबीच केही बेर छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । बादलसँग छलफल गरेर प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर गएका छन् । बादल अहिलेसम्म कुनै पक्षमा नखुले पनि उनी पक्षधर अधिकांश… पुरा पढौ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आगामी शुक्रबार संवैधानिक इजलासमा यसबारे सुनुवाइ हुने आदेश दिएको हो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं