बादलले ओलीपछि प्रचण्डलाई भेटे

नेकपा विभाजनमा तटस्थ रहेका गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

बुधबार बिहान ओलीलाई भेटेका बादल दिउँसो प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए। दुई नेताबीच केही बेर छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।

बादलसँग छलफल गरेर प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर गएका छन् । बादल अहिलेसम्म कुनै पक्षमा नखुले पनि उनी पक्षधर अधिकांश नेता, कार्यकर्ता प्रचण्ड माधव खेमामा लागेका छन् । बादलसँग अब १ केन्द्रीय सदस्यमा बाँकी रहेको बताइन्छ ।