बादल, बामदेव बार्गेटिङ गर्दै, नेता, कार्यकर्ता लाखापाखा

नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अझै खुलेका छैनन् । नेकपा विभाजन हुन लाग्दा उनीहरु लेखाजोखामै व्यस्त छन् ।

दुवै पक्षसँग निरन्तर सम्र्पकमा रहेका उनीहरु पदको बार्गेटिङ गर्दै छन् । तर, उनीहरुनिकट धेरै नेता, कार्यकर्ता भने लाखापाखा लागेका छन्।

नेकपामा गौतम निकट दर्जनभन्दा बढी केन्द्रीय सदस्य थिए । अब उनीसँग ४ जनामात्र बाँकी रहेको बताइन्छ । अहिले गौतमको पक्षमा हरिप्रसाद पराजुली भूपेन्द्रबहादुर थापा, गणेश ठगुन्ना र तुलसा थापामात्रै छन् ।

गौतम निकट धेरैजसो केन्द्रीय सदस्य प्रचण्ड–नेपालतिर र केही ओलीतिर लागेका छन् ।

पूर्वमाओवादी नेता बादलसँग अब केन्द्रीय सदस्य सूर्यप्रकाश सुवेदीमात्रै बाँकी छन्। प्रचण्ड, ओली दुवैसँग भेटेर उनी छलफल गरिरहेका छन् ।

बामदेव र बादलका नेता, कार्यकर्ताले कित्ता क्लियर गरिसक्दा अब उनीहरुको महत्व कम हुँदै गएको छ । प्रचण्ड नेपाल पक्ष वामदेवलाई आफूसँग सकेसम्म राख्न चाहन्छ भने पूर्वमाओवादीको पनि आफूलाई साथ रहेको देखाउन ओलीलाई बादलको साथ जरुरी हुन्छ ।