
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
वालुवाटारमा बेलुका ६ बजे बस्ने बैठकले मन्त्रिपरिषद विस्तार गर्ने जनाइएको छ । पुस ६ गते सात मन्त्रीले संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मन्त्रिपरिदषद विस्तार गरिने बताएका थिए ।