बादल केपी नेकपाको ‘सेकेन्ड म्यान’ बन्ने संकेत

नेकपा नेता एवं गृहमन्त्री रामबहादर थापा बादल ओली समूह जाने करिब निश्चित भएको छ ।

ठूलै घटनाक्रम परिवर्तन नभए उनी ओली नेकपाको दोस्रो वरियतामा रहने गरी वरिष्ठ उपाध्यक्ष बन्ने छन् । नेकपा विभाजन हुन लागेपछि प्रचण्ड नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदा पनि बादलले राजीनामा दिएका थिएनन् ।

प्रधानमन्त्री ओली निकट स्रोतले चाडै खुल्ने दाबी गरेको छ । बादलले प्रचण्डसँग वरिष्ठ उपाध्यक्षसहित चौथो वरियता माग गरेका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनालपछिको वरियता दिए बादल प्रचण्ड ओली नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठ प्रकाशभन्दा माथि हुन्छन् ।

बादललाई निकट मानिएका ३३ केन्द्रीय सदस्यमध्ये ३१ जनाले उनको साथ छाडिसकेका छन् । बादल २०६९ पार्टी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको माओवादीमा थिए।