सरकार गठन गर्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुने जनाएका छन् ।

बुधबार विज्ञप्ति निकालेर सापकोटाले पछिल्लो अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन् । उनले संविधान निर्माण गर्ने क्रममा स्थिरताका लागि प्रतिनिधिसभा विघटन नगर्ने व्यवस्था राखिएको सम्झना गरेका छन् ।

सापकोटाले प्रतिनिधिसभा विघटनले मर्माहत बनाएको उल्लेख गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा ९३ ९१० बमोजिम यहीँ २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधिसभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधिसभा र मलाई मर्माहत बनाएको छ ।ु

प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत भएको उल्लेख गर्दै उनले सबै राजनीतिक दललाई उच्चस्तरीय सहमति गर्न पनि आग्रह गरेका छन् ।