सरकार फेर्न खोजे प्रदेशसभा पनि विघटन गर्ने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले अझै कडा कदम चाल्ने चेतावनी दिएका छन् । संविधान अनुसार अहिले राष्ट्रपतिले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भने देखिँदैन ।

बुधबार योहो टिभीको ‘सत्य संवाद’मा उनले प्रदेशसभाहरु पनि विघटन गर्न सक्ने संकेत गरेका हुन् । अहिले ६ प्रदेशमा नेकपाको सरकार रहेकोमा ४ प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् । सबै प्रदेशमा ओली निकट सरकार धरापमा परेका छन् ।

प्रधानमन्त्रीले अहिले प्रदेश र स्थानीय तहमा सबै दल मिलेर जानुपर्नेमा जोड दिए । प्रचण्ड नेपाल समूहले सरकार प्रदेश सरकारहरु फेर्न खोजे प्रदेशसभा पनि विघटन गर्न उनले संकेत गरेका छन् । ‘नत्र उहाँले कमद चाल्नुभयो भने मैले पनि थप कदम चाल्नुपर्छ,’ उनले भने ।

आफ्नै पार्टीभित्र जनताको अभिमतलाई अस्वीकार गर्ने, सरकार बदल्ने खेल खेल्ने, जालझेल गर्ने प्रयत्न भएपछि जनतासमक्ष गएको उनको स्पष्टीकरण छ ।

अहिले सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ । ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा सरकार अल्पमत पर्ने देखिएको छ ।