मोर्चाबन्दी गरेर अघि बढौं : विप्लव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मोर्चाबन्दी गरी घघि बढ्न प्रस्ताव गरेका छन् ।

आइतबार विज्ञप्ति निकालेर उनले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले फासिवादको सहारा लिएको दाबी गरेका छन् । ‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्‌वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’