मध्यवधि चुनाव गर्न ३० खर्ब

२०८८ वैशाखमा प्रस्तावित मध्यवधि चुनाव गर्न करिब ३० अर्ब खर्च हुने देखिएको छ । गत २०७४ को प्रदेश र संघीय चुनावमा निर्वाचन आयोग र सुरक्षा निकाय लगायतले करिब २६ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

३ वर्षपछि हुने निर्वाचनमा त्यो खर्च बढेर ३० खर्ब रुपैयाँभन्दा बढी हुनेछ । कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्रमा अप्रत्याशित रूपमा घोषणा गरिएको मध्यावधि निर्वाचनले झन् आर्थिक भार थपिने भएको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणमा करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ । कारोनाको प्रत्यक्ष स्वास्थ्य उपचार र खोपको पहुँच पुर्‍याउन तत्काल नेपाललाई १ खर्ब रुपैयाँ आवश्यक पर्ने विश्व बैंकलगायत विकास साझेदारले प्रक्षेपण गरेका छन् ।