वामदेव गौतम कता लाग्लान् ?

आइतबार प्रतिनिधिसभा विघटनपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले तत्कालै समर्थन र विरोध दुवै नरहेको प्रतिक्रिया दिए ।

यसअघि नेपाल प्रचण्ड पक्षमा देखिएका उनको टिप्पणीलाई अवसर परस्त ठानियो । केही घन्टापछि आएको उनको विज्ञप्तिमा फेरि प्रधानमन्त्रीको कदम गलत र भत्र्सनायोग्य भएको उल्लेख छ ।

प्रधानमन्त्री विरुद्ध प्रयोग भएको हस्ताक्षरमा समेत गौतमपत्नी तुलसा थापा र उनी निकट केही सांसदको हस्ताक्षर छैन । गौतम प्रचण्ड गौतम पक्षको स्थायी समिति बैठकमा पनि गएनन् ।

नेकपा विभाजन हुने निश्चित भएको अवस्थामा गौतम कता लाग्छन्, अझै निक्र्याेल भएको छैन । ओलीले केही दिनअघि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । नेता वेदुराम भुसाल भने गौतम प्रचण्ड माधव समूहमै रहेको दाबी गर्छन् ।