ओलीविरुद्ध बाबुरामको कटाक्ष : कमण्डलु बोकेर हरिद्वार जाँदा हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले अब पनि नचेत्ने हो भने हिटलरको पुनरावृत्ति हुन सक्ने चेतावनी दिएका छन्।

पूर्वप्रधानमन्त्री डा। भट्टराईले अब पनि अनुनय विनयको राजनीति गर्नेले सन्यास लिए हुने कटाक्ष गरेका हुन्।

‘केही दिनअघिको खबरदारी पुनः स्मरण खातिर पुनः पोस्टिएँ है १ मध्यमार्गी ढुलमुले प्रवृत्तिले बेलैमा साहसिक कदम नचाल्दा हिटलरहरू हुर्केको इतिहास छ, पुनरावृत्ति हुनसक्छ,’ भट्टराईले ट्विट गरेका छन्, ‘अब त चेतौं। अब पनि आग्रहरबिन्तिपत्ररलम्पसारको राजनीति गर्ने हो भने कमण्डलु लिएर हरिद्वारतिर लाग्नु वेश !’